निर्वाचन आयोगद्धारा ललितपुरका सञ्चारकर्मीलाई निर्वाचन अभिमुखिकरण  

शनिबार, कात्तिक १९, २०७९

ललितपुर ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चारकर्मी तथा आमसञ्चारका माध्यमको भूमिकाका विषयमा शनिबार ललितपुरमा क्रियाशील सञ्चारकर्मीलाई जिल्ला निर्वाचन कार्यालय ललितपुरले अभिमुखिकरण गराएको छ । निर्वाचनसँग सरोकार राख्ने जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूको उपस्थितिमा निर्वाचन कार्यालय ललितपुरले सञ्चारकर्मीहरुलाई एकी दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरणमा जिल्लामा क्रियाशील उल्लेख्य सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगले जारी गरेको आचारसंहित, सञ्चार माध्यम तथा सञ्चारकर्मीले पालना गर्नुपर्ने विषयबारेमा प्रस्तुति दिइएको थियो । 

313878688_819078959330177_829620659859550066_n1667660957.jpg
अभिमुखिकरण कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले ललितपुरमा निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए । उनले सबै मतदान केन्द्रहरूमा मतदान अधिकृत तथा  सुरक्षा प्रमुख खटाइ सकेको जानकारी दिँदै ललितपुरमा शान्तिपुर्ण र भयरहित  वातावरणमा निर्वाचन  सम्पन्न  हुने बताए । 
उनले प्रशासनले थाहा नपाएको कुरा पत्रकारले थाहा पाउने भएकाले  कुनै डर त्रास नमानी  समाचार सम्प्रेषण गर्न पत्रकारसँग आग्रह गरे । निर्वाचन आचारसंहिता सबैले मान्नु पर्ने धारण राख्दै  निर्वाचन सफल पार्न पत्रकार , कर्मचारी , प्रहरीको उस्तै भूमिका रहनेमा जोड दिए । 
जिल्ला निर्वाचन अधिकारी गोमा घिमिरे धमलाले  ललितपुरमा १३१ मतदानस्थल,  २९० मतदान केन्द्र  तथा २ ओटा अस्थायी केन्द्र रहने जानकारी दिइन् । 

313942738_5883444931714029_7828826770017144532_n1667660941.jpg
उनका अनुसार ललितपुरमा २ लाख ५० हजार ४१० मतदाता रहेकोमा महिला १ लाख २८ हजार  १३५ , पुरुष  १ लाख  २२ हजार  २७४ र अन्य  १ जना छन् । 
ललितपुर महानगर पालिकामा नमूना मतदान सम्पन्न भइसकेका जानकारी दिँदै उनले अन्य स्थानीय तहमा  नमूना मतदानको तयारी  भइरहेको जानकारी  बताइन् । 
प्रहरी वरिष्ठ उपरिक्षक यज्ञ विनोद पोखरेलले प्रहरीको र पत्रकारको कार्य उस्तै भएको बताउँदै एक आपसमा  मिलेर सूचना आदान प्रदान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रहरीको कारणले तपाईहरुलाई सूचना लिन पाइन् भन्ने गुनासो आउन दिने छैनौँ । सूचना संकलनमा कुनै बाधा आएमा  सिधै मलाई सम्पर्क गर्नुहोस् ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले मिडियाको अनुगमन  प्रेस काउन्सिल र पत्रकार महासंघले गरिरहेको बताउँदै आचार संहिताको पालनामा गम्भीर हुन आग्रह गरे ।  

313866281_504146648113640_1723341177187976433_n1667660949.jpg
नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले  पत्रकारहरुलाई  आयोगले जारी गरेको आचारसंहिता  पालना गर्दै पत्रकारिता ढुक्क सँग गर्न आग्रह गरे । 
उनले भने हामीले पत्रकारिता गर्दा सत्य, तथ्य , सन्तुलन  र विश्वासनीय हुनुपर्छ  । ‘निर्वाचन ५ वर्षमा एक पटक आउँछ तर पत्रकारिता  सधैँ गर्नुपर्छ । त्यसकारण पत्रकारले  कुनै एउटा पक्ष पक्षपोषण हुने गरी मात्र समाचार नबनाउन अनुरोध गर्दछु’ उनले भने । ‘पत्रकारिताको सिद्धान्त पालना गर्न केन्द्रले पनि कडा निर्देशन दिएको छ’ उनले भने ।

314519206_1051282345551396_3880040973038356375_n1667660925.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार