सार्वजनिक यातायात चल्न नदिने सरकारको निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ठ 

बुधबार, वैशाख १५, २०७८

काठमाडौं । यातायात व्यवसायीले सरकारले गरेको विभेदपूर्ण निर्णय सच्याउन माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज एक विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विवेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन् ।  ‘स्थल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्’, महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले नयाँ भेरियन्टको भाइरस चाँडै सर्ने र व्यापक रूपमा समुदायमा समेत फैलिने हुँदा ‘बाचौँ र बचाऔँ’ अभियानमा सरिक हुन सबैलाई आह्वानसमेत गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार