आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

शुक्रबार, असोज १४, २०७९

काठमाडौं । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार