सुनको आयात ५० प्रतिशतले घट्याे

दुई महिनामा करिब ४४ हजार तोला सुन आयात
बिहीबार, असोज १३, २०७९

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हाे ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।

गत साउनमा बैंकहरूले कुल एक अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात गरेका थिए भने भदौमा दुई अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन आयात गरेका छन् । गत आर्थिक वर्षको यो दुई महिनामा बैंकहरूले आठ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार