भारतमा आईफोन १४ उत्पादन सुरु

बिहीबार, असोज १३, २०७९

नयाँ दिल्ली । अमेरिका–चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले  आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।–एजेन्सी

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार