प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने

बचत खातामै वार्षिक १०.१३ प्रतिशत 
सोमबार, असोज ३, २०७९

काठमाडौं । प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको छ।  विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने बैंकले जनाएको हो ।
यसो हुँदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउनेछ । विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन टेवा मिल्ले बैंकले जिकिर गरेको छ ।
बैंकले उन्नति बचत खातामै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । शनिबारदेखि यो ब्याजदर कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार