प्रधानाध्यकलाई कोभिड–१९ सङ्क्रमण भएपछि विद्यालय बन्द

शनिबार, वैशाख ४, २०७८
Global Ime Bank

चौतारा । शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।  उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब सङ्कलन गरी लगेको छ । त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने छ । सङ्क्रमित शिक्षक अहिले काठमाडौँमा होमक्वारेन्टिनमा रहेको शिक्षक ताराबहादुर श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार