लेलेका विपन्न परिवारलाई रेडक्रसले आर्थिक सहयोग गर्ने 

सोमबार, साउन २३, २०७९

ललितपुर । नेपाल रेडक्रस सोसाइटीले  उत्थानशिल जीविकोपार्जन कार्यक्रम अन्तर्गत  गोदावरी नगरपालिका वडा नं. ५ लेलेका आर्थिक रुपले विपन्न परिवारलाई प्रति परिवार ४० हजार सहयोग गर्ने भएको छ ।

कोभिड–१९ का कारण प्रभावित भएका र आर्थिक रुपमा कमजोर भएका  स्थानीय १६ जनालाई कुल सहयोग गर्ने रकमको ७० प्रतिशत पहिलो चरणमा हस्तान्तरण गरिएको गोदावरी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष मिलन सिल्वालले जानकारी दिए । 

कोभिड–१९ का कारण आर्थिक जोखिममा रहेका समुदायको  जीविकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ  खसी, बाख्रा, बोका पालन, कुखुरा लागएत चौपाय पालेर व्यवसाय तर्फ लाग्न अभिप्रेरित गर्न यो सहयोग महत्वपुर्ण हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । 

नेपाल रेडक्रस सोसाइटीले विपद्को समयमा प्रभावित व्यक्तिहरूलाई राहत वितरण, आपत्कालीन प्राथमिक उपचार प्रदान गर्नुको साथै एम्बुलेन्स, रक्तसंचार सेवा, आँखा उपचार र पारिवारिक सम्पर्क पुनःस्थापनाजस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

यसैगरी नेरेसोले पिछडिएका समुदायहरूमा विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाइ अभियान, सडक सुरक्षा र आपत्कालीन स्वास्थ्यमा सहयोग प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार