नाइजरको विद्यालयमा भिषण आगलागी हुँदा २० बालबालिकाको मृत्यु

बुधबार, वैशाख १, २०७८
Global Ime Bank

नियामे । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ ।  झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए । अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उनले भने । आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । आगलागीको खास कारण थाहा हुनसकेको छैन । प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका छन् । विश्व मानव विकास सूचकाँकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ ।  साहेल क्षेत्रको यस मुलुकमा अधिकारीले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायःभुइँमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन ।–एएफपी
 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार