प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

बुधबार, साउन ११, २०७९

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ । बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार