सेयर बजार ५४.४५ अंकले वृद्धि  

सोमबार, साउन ९, २०७९

काठमाडौं, । सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक पनि २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । साेमबार सबै समूहहरु हरियाली बनेका छन् ।उक्त दिन कारोबार रकम पनि बढेको छ । उक्त दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ ।उक्त दिन सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।साेमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ यस्तै, उक्त दिन नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाखहजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार