Chhath Banner
Chhath Banner

सिटिजन्स लाइफको आज विशेष साधारणसभा

शुक्रबार, साउन ६, २०७९

काठमाडौं,  । सिटिजन्स लाइफ इन्स्याेरेन्सको विशेष साधारणसभा हुँदै छ । कुपन्डोलकाे होटल हिमालयमा शुक्रबार अपरान्ह ३ बजेदेखि सभा सुरु हुनेछ ।बिमा कम्पनीहरूमा पुँजीवृद्धिको चटारो चलिरहँदा सिटिजन्स लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो ।कम्पनीले सभामा मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पेस गर्नेछ । साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार