नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

मंगलबार, साउन ३, २०७९

काठमाडौं, । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले तीन हजार २१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त सेयर बिक्री गर्ने जानकारी दिएको हो ।पहिलो प्रथामिकता कम्पनीका संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेसी, धादिङमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।सो समय अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।  

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार