आयात प्रोत्साहनले परनिर्भरता बढ्यो  :  कमल थापा

बिहीबार, असार १६, २०७९

कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका  छन्  । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तक्र्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए  ।  

    अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी गरे । “४० लाखभन्दा बढी युवाले विदेशमा पसिना बगाएर कमाएको पैसाबाट प्राप्त विपे्रषणले देशको अर्थतन्त्र धानिएको छ”,।  उनले भने , “स्वदेशी उत्पादन र रोजगारीले कुनै प्राथमिकता पाउन सकेको छैन, ।  आयातमै ठूलो धनराशि विदेशिने गरेको छ ।” गरिबीका कारण नेपालमा सनातन हिन्दू धर्मप्रति आक्रमण बढ्दै गएको उनको भनाइ थियो । 

    लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका नेताहरुले रजगज गरेको बताउँदै अध्यक्ष थापाले भने , “मुलुकमा सामाजिक, आर्थिक परिवर्तनको प्रतीक्षामा बसेका आम नागरिकमा चरम निराशा छाएको छ, उनीहरुका दुःखका दिन अझै सकिएका छैनन् ।” समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग मुलुकको समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा अन्तक्र्रियासँगै प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए  ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार