गोर्खाज फाइनान्सले नयाँ निक्षेप योजना

बिहीबार, असार १६, २०७९

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले चारवटा निक्षेप योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विशेष गोर्खाज बचत खाता’ खोल्दा दीर्घरोगको बिमा तथा दुर्घटना बिमाको सुविधा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम र निःशुल्क डिम्याट लगायत सुविधा उपलब्ध गराउने भएको छ ।

यसैगरी वार्षिक ९ प्रतिशत ब्याज दिने ‘विशेष गोर्खा पेन्सन बचत खाता’ सार्वजनिक गरेको छ । न्यूनतम पाँच हजार रुपैयाँमा खोल्न सकिने यो खातामा २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, पाँच लाखसम्मको दीर्घरोग बिमा, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर, डेबिट कार्ड, डिम्याट खाता लगायत सुविधा छन् ।

कम्पनीले ‘एकको दुई गोर्खाज दोब्बर मुद्दती खाता’ र ‘एकको तीन गोर्खाज तेब्बर मुद्दती खाता’ पनि सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार बचत गरेको निक्षेप पाँच वर्ष नौ महिनामा दोब्बर र नौ वर्षमा तेब्बर हुने कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार