महाङ्कालमा ४४ करोड बजेट

शनिबार, असार ११, २०७९

ललितपुर। देशैभरका स्थानीय तहले शुक्रबार आगामी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।  दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले पनि आर्थिक वर्ष २०७९ /०८० को आगि झन्डै ४४ करोड ४४ लाख बराबरको बजेट प्रस्तुत गरेको छ।

शुक्रबार आयोजित गाउँपालिकाको गाउँ सभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले ४४ करोड ४४ लाखको बजेट प्रस्तुत गरेकी हुन्। गाउँ पालिकाले प्रत्येक वडालाई भौतिक पूर्वाधारको निम्ति ६३ लाख रकम छुट्याएको छ। यसैगरी गाउँपालिका प्रमुख गणेश बहादुर केसीद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘स्मार्ट भिलेज निर्माण’ र खेलकुद रंगशाला निर्माणलाई पहिलो वर्षको गौरवको आयोजनाको रुपमा समावेश गरेको छ। स्मार्ट भिलेजको लागि १ करोड रकम छुट्याईएको छ भने प्रदेश समपुरक अनुदानमार्फत प्राप्त हुने १ करोड रकमलाई उक्त योजनाको लागि समावेश गरिनेछ।289426392_550884033451651_6118718329310238540_n1656158090.jpg

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार