सेन्चुरी बैंकले खुलायो लिलामी सेयर

बुधबार, असार ८, २०७९

काठमाडौं । सेन्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन १६ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल, लाजिम्पाट  काठमाडौंमा खोलिनेछ ।
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार