उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधान भिड्ने

दुई समूहको उम्मेदवारी घोषणा
बुधबार, कात्तिक १९, २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान समूहले उम्मेदवारी घोषणा गरेका हुन् । प्रधानले वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदबारी घोषणा गरेका हुन् । पछिल्लो २८ वर्षदेखि उद्योग बाणिज्य क्षेत्रमा सक्रिय भएर लागेको बताउँदै प्रधानले महासंघलाई मन्दिर सम्झेर काम गर्ने बताए । 
प्रधानले आफ्नो समूह उद्योगी व्यवसायीको समस्या समाधान गर्न सक्षम रहेको दाबी गरेका छन् ।
 
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरे । यसअघि बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल समूहले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।
ढकालको समूहबाट जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षतर्फ वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाईले उम्मेदबारी घोषणा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार