वायु प्रदूषण बढेपछि चार दिन विद्यालय बिदा

सोमबार, चैत १६, २०७७
Global Ime Bank

काठमाडौं । वायु प्रदूषण बढेपछि सरकारले चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले १७ चैतदेखि चार दिन बिदा दिने निर्णय गरेको हो । १७ देखि २० चैतसम्म विद्यालय बन्द रहने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । निर्धारित परीक्षाहरू भने पूर्ववत सञ्चालन हुनेछन् ।  गत हप्तादेखि काठमाडौं लगायत देशका विभिन्न भागमा आँखा पोल्ने गरी वायु प्रदूषित बढेको छ । सरकारले ज्येष्ठ नागरिक, दीर्घ रोगी र बालबालिकाको विशेष ख्याल गर्न सचेत गराएको छ । प्रदूषणले स्वास्थ्यमा प्रभाव पार्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर ननिस्कन, मर्निङ वाक नगर्न र अत्यावश्यक कामका लागि घरबाहिर जानुपरे मास्क लगाउन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार