पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर 

कृषि अनुदान सदुपयोग गर्न प्रधानमन्त्रीको आग्रह
शुक्रबार, चैत १३, २०७७

काठमाडौँ । नेपाल मासु र अण्डामा आत्मानिर्भर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरमा आयोजित पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहमा नेपाल मासु र अण्डामा आत्मानिर्भर भएको घोषणा गरेका हुन् ।
नेपालीका भान्सामा प्रतिव्यक्ति प्रतिवर्ष ५५ अण्डा र २२ किलो माछा÷मासु खपत भएका कारण सरकारले मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषण गरेको हो ।  विश्व खाद्य सङ्गठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध, ४८ अण्डा र १४ किलो मासु आवश्यक पर्ने उल्लेख छ । 
नेपालमा प्रतिवर्ष एक अर्ब ६० करोड अण्डा र दुई लाख ५५ हजार मेट्रिक टन माछा÷मासु उत्पादन हुने गरेको भए पनि नेपाल दुधमा आत्मनिर्भर हुन अझै प्रतिव्यत्तिः प्रतिवर्ष १२ लिटर दूधको उत्पादन बढाउनुपर्ने छ ।  कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने पशु तथा पशुजन्य उत्पादनमा १४ प्रतिशत छ । झन्डै ६८ प्रतिशत जनता कृषि पेशामा संलग्न भए पनि कृषि क्षेत्रको परनिर्भरता घट्न नसकेपछि सरकार कृषिमा वैदेशिक लगानी भित्र्याउने तरखरमा रहेको छ ।  घोषणा समारोहमा ओलीले कृषिमा उपलब्ध  अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । 
उनले दिगो कृषि विकासका लागि अनुदानको सदुयोग अनिवार्य सर्त रहेको उल्लेख गरे ।
सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रीकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ ।  प्रधानमन्त्री ओलीले किसानको आम्दानीलाई बचतको स्तरमा पु¥याउन कृषि बिमा कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने र बीमाको किस्ता रकम (प्रिमियम) घटाउनमा जोड दिए ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य सङ्गठनको मापदण्डानुसार नेपाल केही पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै ‘उल्फाको धन फूपुको सराद्ध’ नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गरे ।  सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगेको भए पनि उत्पादन भने सन्तोषजनक रुपमा बढ्न नसकेकामा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै शिक्षा र सीप विकासमा युवा जनशक्तिलाई आर्कषक कार्यक्रम चलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।  उनले मकैको उत्पादन घटेकामा सम्बन्धित मन्त्रालयलाई मकैको समर्थन मूल्य तोक्न र उत्पादन बढाउन तथा वनलाई कृषि वन बनाउने कार्यक्रम ल्याउन आग्रह गरे ।  कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनकिकीकरण परियोजनमार्फत लागुभएका पकेट क्षेत्र कार्यक्रम व्यक्तिका पकेट क्षेत्र नबनोस भन्नेमा जोड दिइन् ।  उनले एकिकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताइन् ।  पशुपक्षी सचिव डा पेम नारायण कँडेल र कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले कृषिको आधुनिकीकरण, यान्त्रीकीकरण र बजारीकरणबाट मात्र दिगो कृषि विकास हासिल हुनेमा जोड दिए ।–रासस

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार