नेपाली टी–२० लिग  असोज कात्तिकमा हुने

बुधबार, जेठ ४, २०७९

काठमाडौं, ४ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी  मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा भब्य कार्यक्रमकबीच क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ ।  खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै  नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको  क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए । प्रतियोगिता कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए ।  यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने  उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार