फराकिलो मतान्तरसहित अघि लागे गोदावरीमा गजेन्द्र 

बुधबार, जेठ ४, २०७९

चापागाउँ (ललितपुर), ४ जेठ । गजेन्द्र–गम्भिर कहिले अघि कहिले पछि हुँदै रोचक ढंगले अघि बढिरहेको गोदावरी नगरपालिकाकाे  मतगणना वडा नं १२ मा आइपुगेपछि एकलौटी पाराले अघि बढेको छ । वडा नं १२ को मत गणनापछि निवर्तमान मेयर तथा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्र महर्जन  मेयरमा दोस्रो कार्याकालका लागि सुनिश्चित हुँदै अगाडि बढेको देखिन्छ ।  गोदावरीको वडा नं १२ गजेन्द्रको गृह क्षेत्र हो । यो वडाको प्रारम्भिक गणनामा गजेन्द्रले २३९७ मत पाउँदा उनका प्रतिस्पर्धी  एमालेका गम्भिर रानाले ७६३ मत मत मात्रै पाएका छन् । फराकिलो अग्रतासहित गजेन्द्र अघि बढेका छन् । १२ नं वडाको मत गणना हुनु अघिसम्म गजेन्द्र एमालेका उम्मेदवार गम्भिर रानासँग १४ मतले पछि थिए । 
गोदावरी नगरपालिकाको मतगणनामा गजेन्द्र र गम्भिरबीच रोचक प्रतिस्पर्धा देखिँदै आएको छ । 
वडा नं ११ को मत गन्दा सम्म  गजेन्द्र गम्भिर भन्दा १४ मतले पछि थिए । ११ वडाको मत गणनामा उनले १२ हजार ५ सय ६४ मत पाए भने एमालेका गम्भिरलेले १२ हजार ५ सय ७८ मत पाएका थिए । १२ नं वडाले गजेन्द्रलाई धेरै अघि पु¥याइसकेको छ । यो समाचार तयार पार्दासम्म २३८३ को मत अन्तरले गजेन्द्र अघि बढिसकेकाले काँग्रेसका गजेन्द्रको पक्षमा निर्वाचन परिणाम आउनेतर्फ संकेत गरेको छ ।
१२ नं वडाको मत गणना सम्पन्न भइसकेको छैन । यस्तै वडा नं १३ र १४ पनि गणना गर्न बाँकी नै छ । वडा नं १३ यसअघि नेकपा एमालेले जितेको वडा हो । नगरपालिकाको अन्तिम वडा १४ ठैव क्षेत्रलाई नेकपा माओवादीको प्रभाव क्षेत्र मानिन्छ । गजेन्द्र–गम्भिर दुबै उम्मेदवारको यो क्षेत्रमा राम्रो रहेको कार्यकर्ताले दाबी गर्ने गरेका छन् । उपमेयरमा भने गठबन्धन की उम्मेदवार मुना अधिकारी सुरुदेखि नै अघि छिन् । वडा नं १२ मा कांग्रेसकी उपमेयर मुनालाई २०५५ मत प्राप्त हुँदा एमालेकी रमी प्रधानाङगालाई ८९७ मात्रै प्राप्त भएको छ ।  वडा अध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको १७२५ मत पाउँदा एमालेलाई ९२० मत मात्रै गएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार