मतान्तर घटाउँदै गोदावरीमा गजेन्द्र 

मंगलबार, जेठ ३, २०७९
Global Ime Bank

चापागाउँ (ललितपुर), ३ जेठ । गजेन्द्र–गम्भिर कहिले अघि कहिले पछि हुँदै रोचक ढंगले अघि बढिरहेको गोदावरी नगरपालिकाको मतगणनामा वडा नं ११ को पछिल्लो मतगणनाले मतदाता तथा सुभेच्छुकहरुलाई झनै खुल्दुली पैदा गरिदिएको छ । विहान ११ बजेसम्म करिब एक हजारको हाराहारीमा एमालेका उम्मेदवार गम्भिर रानाले निवर्तमान मेयर तथा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्र महर्जनलाई पछि पारे पनि ११ वडाको गणनाले निर्वाचन परिणाम गजेन्द्रको पक्षमा आउनेतर्फ संकेत गरेको छ । वडा ११ को मत परिणाम गजेन्द्रको पक्षमा आउने आकलन भइरहेका बेला यो आकलनलाई बल पुग्ने गरी मत परिणाम सार्वजनिक भएको छ । वडा नं ११ मा गजेन्द्रले ११२० मत पाउँदा एमालेका गम्भिरले ४७६ मत मात्रै पाएका छन् । काँग्रेसकी उपमेयर उम्मेदवार मुना अधिकारी ११०२ पाउँदा एमालेकी रमी प्रधानाङगाले ४७९ तथा वडाअध्यक्षमा काँग्रेसका उम्मेदवार निलबहादुर देसारले १०८६ मत पाउँदा एमालेका मिथुन महर्जनले ४९७ मत पाएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार