पाँचथरकाे मिक्लाजुङ अध्यक्षमा मा‌‌ओवादीका अमर माखिम दाेस्राे पटक निर्वाचित

मंगलबार, जेठ ३, २०७९

काठमाडाैं, ३ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्‍नेत पराजित गरेका हुन् । बस्‍नेतले ४ हजार २६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालय मिक्लाजुङले जनाएकाे छ । उनीहरूबीचकाे मतान्तर २ हजार ३९ हाे । 

यसअघि २०७४ सालमा पनि माखिम मा‌ओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।  माखिमले पाएका सेवा सुविधाले अपाङ्‍गता भएका र विपन्‍न बालबालिकालाई पठनपाठनमा सहयाेग गरेका थिए । सवारी साधन नकिनेकाे, किसानहरूलाई प्राेत्साहन गरेकाे, सेवा प्रवाह चुस्त बनाएकाे भन्दै उनले वावाही पाउका  थिए । उनै माखिम दाेस्राे कार्यकालका लागि  निर्वाचित भएका हुन् । गाउँपालिकाकाे उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट का‌ंग्रेसका सन्ताेषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार