चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् ।  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।  दुर्घटना पश्चात फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार