चट्याङ लागेर २ जनाको मृत्यु 

मंगलबार, जेठ ३, २०७९

काठमाडौं, ३ जेठ । काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।  बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।  शौचालय गई घर फर्कने क्रममा अविरल बर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार