झापामा ९ वर्षीया बालिका बलात्कृत 

मंगलबार, जेठ ३, २०७९

झापा, ३ जेठ । झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार