गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

मंगलबार, जेठ ३, २०७९

महोत्तरी, ३ जेठ । नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।  पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पाेखरेलकाे वडामै माओवादी पराजित हुन पुगेकाे हाे । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ । बर्दिबास-३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा  गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।  

स्थानीय निर्वाचनकाे पूरा विवरण हेर्न  यहाँ  थिच्नुहाेस् ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार