झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

सोमबार, जेठ २, २०७९

झापा, २ जेठ । झापामा हात्तीको आक्रमणबाट एक वृद्ध ज्यान गएको छ । हात्तिको आक्रमणबाट सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो ।  टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तिको आक्रमणमा परेका थिए । आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार