भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन्- नरेन्द्र मोदी

सोमबार, जेठ २, २०७९

काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अहिले भव्य राम मन्दिर बनिरहँदा नेपालीहरु पनि उत्तिकै खुसी भएको दाबी गरेका छन् ।  मोदीले यस्तो बेला भारतमा भव्य राम मन्दिर निर्माण हुँदा नेपाली पनि खुसी भएको दाबी गरेका छन् जति बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भगवान राम भारतमा नभई नेपालमा जन्मेको दाबी गरिरहेका छन् ।  ‘जनकपुरमा भैले भनेको थिएँ– नेपाल बिना हाम्रो राम पनि अधुरो छन्,’ सोमबार लुम्बिनीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘मलाई थाहा त आज जब भारतमा भगवान श्रीरामको भव्य मन्दिर बनिरहँदा नेपाली जनता पनि उत्तिकै खुसी छन् ।’ 

चाहे पशुपतिनाथ होस् या मुत्तिनाथ, जनकपुरधाम होस् या लुम्बिनी, नेपालको आध्यात्मीक आर्शिवादको शक्तिले आफूलाई तानिरहने उनले बताए ।  उनले सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको बताए । उनले अगाडि भने, ‘वैशाख पूर्णिमाको दिन लुम्बिनीमा सिद्धार्थको रुपमा बुद्धको जन्म भएको थियो । यसैदिन बोधगयामा ज्ञान प्राप्त गरेर उनी भगवान बुद्ध बने र यसैदिन कुशीनगरमा उनले महापरिनिर्वाण प्राप्त गरे ।’  भौगोलिक सीमाभन्दा माथि उठेर बुद्ध सबैको भएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार