कैलाशमा निवर्तमान अध्यक्ष मुक्तानले १२० मात्र मत पाए

सोमबार, जेठ २, २०७९

मकवानपुर, २ जेठ । मकवानपुरका कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मुक्तानले पालिकाभरिबाट जम्मा १२० मत मात्र प्राप्त गरेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यतिबेला उनले २ हजार ८०२ मत ल्याएका थिए । एमाले विभाजन भएसँगै मुक्तानले नेकपा एकीकृत समाजवादी रोजेका थिए । सोमबार आएको कैलाशको मतगणना परिणाममा उनले १२० मत मात्र प्राप्त गरेका छन् । कैलाशमा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान चार हजार ९८७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्र लाल रिजालले चार हजार ९३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार