कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

सोमबार, जेठ २, २०७९

कञ्चनपुर, २ जेठ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएका छन् ।  अध्यक्षमा कांग्रेसका हरिशचन्द्र रानाले ४ हजार १०३ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर विष्टले २ हजार ३०१ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी शान्ति नाथले ३ हजार ६७३ मत ल्याएर  विजयी भएकी छिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार