खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

सोमबार, जेठ २, २०७९

कञ्चनपुर, २ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी  मत भेटिएपछि मत गणना रोकिएकाे छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार