रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

सोमबार, जेठ २, २०७९

रसुव, २ जेठ  । रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालीका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडी सवार नुवाकोटको बिदुर नगरपालीका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन् । दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । बेत्रावतीबाट खाल्टेतर्फ जादै गरेको  बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार