रसुवाको कालिका गाउँपालिका ३ मा कांग्रेस प्यानलै विजयी

आइतबार, जेठ १, २०७९

रसुवा, १ जेठ । रसुवाको कालिका गाउँपालिका ३ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका फडिन्द्र प्रसाद न्यौपानेले ४ सय ७२ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुष्पराज न्यौपानेले ४ सय ७० मत ल्याए ।  कालिका गाउँपालिका ३ को वडा सदस्यमा कांग्रेसबाटै खिलबहादुर न्यौपाने, नारायणप्रसाद अधिकारी, महिला सदस्यमा लालमाया तामाङ र दलित महिला सदस्यमा आरती परियार विजयी भएका छन् । 

 

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार