सुर्खेतको वीरेन्द्रनगर १ मा पुनः कांग्रेसका खत्री दोहोरिए

आइतबार, जेठ १, २०७९

सुर्खेत, १ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन् । आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार ४८४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन् । उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार