स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित

आइतबार, जेठ १, २०७९

भरतपुर, १ जेठ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ । एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार