गोरखाको पहेंलटार मतदान केन्द्रमा झडप

शुक्रबार, वैशाख ३०, २०७९

गोरखा, ३० वैशाख । गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो ।  नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएर माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।  घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार