इमान्दार, सक्षम र परिपक्‍व नेतृत्त्व चयन गर्न रवीन्द्र मिश्रकाे आग्रह

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडाै‌, ३० वैशाख । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इमान्दार, सक्षम र परिपक्‍व नेतृत्त्व चयन गर्न आग्रह गरेका छन् । नभए पाँच वर्ष आफै‌ंले चयन गरेकाे नेतृत्त्वलाई गाली गर्दैमा बित्ने बताए ।  उनले मतदाताकाे एक मत स‌ंसारकाे सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुने दाबी गरे । भ्रष्‍टाचार र देशलाई घाते गर्ने नेता मतदाताले गर्ने मतदानकै परिणाम भएकाे बताए ।

उनले भनेका छन्, 'पुरानो सिक्रीमा बाँधिएर या क्षणिक हुरीमा बहकिएर मतदान गर्दागर्दा यो देश यस्तो भइसक्यो जहाँ, विदेशिने मौका पाएको खण्डमा अपवाद बाहेक कोही बस्‍नै चाहँदैन। झुठ बोल्ने, भ्रष्‍टारचार गर्ने, परिचय नै लुकाउने, नातावाद-कृपावादमा लिप्त हुने, देशलाई घात गर्ने, सबै नेता हाम्रै मतदानका परिणाम हुन्।
मतदाताको एक मत संसारकाे सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुन्छ। अब सोची विचारी, शब्द र कर्म दुवैमा "इमान्दार, सक्षम, परिपक्‍व" नेतृत्व चयन गरौ‌ं । नत्र पाँच वर्ष फेरि नेतृत्वलाई गाली गर्दैमा बित्‍नेछ ।' मिश्र नेतृत्त्वकाे पार्टीले यसअघि २०७४ सालकाे  निर्वाचनमा पनि सहभागिता जनाएकाे थियाे । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार