रुपन्देहीकाे हिलाम्य मतदान केन्द्र, सास्ती खेप्दै मतदाता (फाेटाेफिचर)

शुक्रबार, वैशाख ३०, २०७९

भैरहवा, ३० वैशाख । रुपन्देहीको सिद्धार्थनगर-३ अवस्थित मतदान केन्द्र वर्षाले हिलाम्य भएको छ । बिहीबार र शुक्रबार परेको पानीका कारण मतदान स्थल हिलाम्य भएको हो । साघुरो क्षेत्र रहेको खजहना आधारभूत विद्यालयको मतदान स्थलमा बैकल्पीक व्यवस्था नभएकोले बाध्यात्मक रुपमा हिलो टेकेर भएपनि मतदाताले मताधिकार प्रयोग गरिरहेका छन् । वर्षाले तयारी अवस्थामा रहेको मतदान केन्द्रको लाइन लाग्न बनाइएको क्षेत्रमा पानीले हिलाम्य बनाएको छ । मत दिने ठाँउ र मतपेटिका भने सुरक्षित रुपमा राखिएको छ । यही मतदान केन्द्रबाट राप्रपाका नेता दिपक बोहराले मतदान गरेका छन् । उनी मतदान गर्न जाँदा हिलोले लडेका थिए । उनका सहयाेगीले सम्हालेका थिए । पानी राेकिए पनि  हिलाम्य हुँदा समस्या भएकाे हाे ।

 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार