कांग्रेस पहिलो पार्टी बन्नेमा सन्देश रहेन - महामन्त्री थापा 

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो हुने दाबी गरेका छन् । मतदानपछि उनले कांग्रेस पहिलो पार्टी हुनेमा सन्देह नभएको बताए ।  ‘अघिल्लो निर्वाचनमा थोरै मतले हामी दोस्रो भयौँ । मतको हिसाबले १०/१२ हजारले पछि थियौँ । तर, यस पटक पहिलो बन्नेमा सन्देह रहेन’, थापाले काठमाडौंमा पत्रकारहरूसँग भने । उनले कतिपय जिल्लामा गठबन्धनमा समस्या भएको पनि बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार