पूर्वमन्त्री बस्नेत सडक दुर्घटनामा परी घाइते 

बिहीबार, वैशाख २९, २०७९

दाङ, २९ वैशाख । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् । सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप  एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  बस्नेतसहित १० जना घाइते भएका छ्न् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार