सर्लाहीमा १४ केजी गाँजासहित एक जना पक्राउ 

बिहीबार, वैशाख २९, २०७९

सर्लाही, २९ वैशाख । सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।  उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।  प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले बुधबार राति शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार