केपिलासगढी गाउँपालिकामा नमुना मतगणना

बिहीबार, वैशाख २९, २०७९

खोटाङ, २९ वैशाख । खोटाङको केपिलासगढी गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले नमुना मतगणना गरेको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणनाको अभ्यासस्वरुप बिहीबार बिहान नमुना मतगणना गरिएको निर्वाचन अधिकृत राजकुमार राईले जानाकारी दिए ।  निर्वाचन अधिकृतको कार्यालयले मतगणनस्थल तयार पारेपछि  नमुना मतगणना गरिएको हो । निर्वाचनपछि मतगणना गर्ने अभ्यास र सीप विकासका लागि मत गणनाको रिहल्र्सल गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  केपिलासगढीमा मतगणनस्थललाई बाँसको भाटा र भलिबलको जाली प्रयोग गरेर घेरा लगाइएको छ । मतगणना गर्ने कर्मचारी र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँको बीचचमा घेराबारा हालेर सुरक्षा व्यवस्था मिलाइएको छ । मतगणनास्थलमा सीसी क्यामेरा पनि जडान गरिएको निर्वाचन अधिकृत राईले बताए । 

Avatar

Avatar

Avatar

Avatar

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार