पन्ध्र हजार भन्दा बढीले बुझाएनन् सम्पत्ति विवरण

बिहीबार, वैशाख २९, २०७९

काठमाडौँ, २९ वैशाख । आर्थिक वर्ष २०७७÷७८ मा कूल १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । आव २०७६÷७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७÷७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् ।
केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएका हुन् ।
केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीका अनुसार प्रतिवेदन ग्रहण गर्दै प्रमुख आयुक्त राईले आगामी दिनमा आयोग र केन्द्रले एक अर्कामा समन्वय र सहकार्य बढाउने बताए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार