भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता

बुधबार, वैशाख २८, २०७९

भक्तपुर, २८ वैशाख । काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरु बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँंहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनि राजमार्गअन्तर्गत जगाती नाका हुँंदै बाहिरिएका हुन् ।  आ-आफनो घर जानका लागि मतदातहरू बुधबार बिहानदेखि ठाउँंठाउँंमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनि तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।  

काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १  र मधेश प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरकाे नाका भएर बुधबार बाहिरिएका हुन् ।  जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला टाफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ ।  शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडाैँ उपत्यकाबाट हजाराैँ यात्रु बाहिरिने अनुमान गरिएकाे छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार