लमजुङका मतगणना स्थलमा सीसी क्यामेरा जडान

बुधबार, वैशाख २८, २०७९

लमजुङ,२८ वैशाख । लमजुङका आठवटा स्थानीय तहको मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गरिएको हो ।  जिल्लाको बेंसीशहर, मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिकमा सिसी क्यामेरा जडान गरिएको छ भने जिल्लाको दोर्दी क्व्होलासोथर , दुधपोखरी  र मर्स्याङ्दी गाउँपालिकाको मतगणना स्थलमा पनि क्यामेरा जडान भइसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । मतगणनालाई सुरक्षित बनाउन मतगणनास्थलमा सीसी क्यामेराबाहेक फलामको बार हाल्ने र सो सम्भव नभएका ठाउँमा बाँसको बार भने पनि राख्ने निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । मतगणनाका बेला कुनै पनि अप्रिय घटना नहोस् भन्ने हेतुले मजबुद सुरक्षा निगरानीमा मतगणना गरिएकाे खनालको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार