सवारी दुर्घटनामा २ जनाको मृत्यु   

बुधबार, वैशाख २८, २०७९

काठमाडौं, २८ वैंशाख । इलाम र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  इलामको इलाम नगरपालिका–९ गोलाखर्क भञ्ज्याङस्थित सडकमा ना.४ ख ५६६९ नम्बरको ट्रकले मे.१ प ६२४४ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–९ शेरा डेरा गरी  बस्ने पाँचथर याङरुप गाउँपालिका–४ घर भएका ३५ वर्षीय धन बहादुर राई रहेका छन् ।  ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलामतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यस्तै, सर्लाहीको बसवरिया गाउँपालिका–४ स्थित सडकमा ना.३ त ३७१३ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने शम्भु भण्डारीको छोरा १० वर्षीय राजु भण्डारी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार