बझाङमा जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत 

बुधबार, वैशाख २८, २०७९

बझाङ, २८ वैंशाख । बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार