छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री पठाउन हेलिकप्टरको सहयोग 

सोमबार, वैशाख २६, २०७९

दार्चुला, २६ वैशाख । आसन्न निर्वाचनका लागि  व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । 
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले छाङ्गरु र तिङ्करमा  हेलिकप्टरमार्फत निर्वाचनमा प्रयोग हुने सामग्री, निर्वाचन अधिकृत तथा सुरक्षाकर्मी पठाइएको जानकारी दिए । तिङ्करको छायालेकमा रहेको प्रहरी चौकीका लागि आवश्यक  सामग्री पनि हेलिकप्टरमार्फत लगिएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार